हाम्रो लाइफ बैंक
कोभिड-१९ अनुदान

जून १,२०२० मा प्रकाशित

यस महामारीको समयमा रगतको खाँचो परेकाहरूलाई सहयोग पुर्‍याउनका साथै रक्तदाताहरुलाई प्रेरित गरी रक्त संचारमा लागेका स्वयंसेवक समूहलाई हाम्रो लाइफ बैंकले सहयोग गर्ने उद्देश्यले ५ वटासम्म साना अनुदानको घोषणा गर्न पाउँदा हामी धेरै उत्साहित छौ।
यो अनुदानले नेपालमा आधारित रक्त संचारका स्वयंसेवक संगठनहरूको गतिविधिलाई समर्थन र सहयोग हुनेछ भन्ने हाम्रो आशा छ। हाम्रो सहयोग र अनुदान अहिलेको यो संकटकालमा दाताहरुको सुरक्षा र अनुभवलाई प्रबर्द्धन गरी “सुरक्षा प्रोटोकल" पालना गर्नमा केन्द्रित हुनेछ।
आर्थिक सहयोगका साथै, हाम्रो लाइफ बैंकले अनुदान प्राप्तकर्ताहरूलाई आफ्नो डिजाइन र सामग्री सम्पादनमा पनि सहयोग गर्नेछ। अनुदान प्राप्त गर्नेहरूले हाम्रो लाइफ बैंकका प्लेटफर्मबाट आफ्नो काम र उपलब्धिका कथाहरू प्रकाशित गर्न पाउनुहुनेछ।


अनुदानका मुख्य केन्द्र विन्दु


ब्लड बैंकहरूमा रगतको अभाव हुनबाट जोगिन रक्तदाताहरुलाई निरन्तर रक्त संकलनको लागि प्रेरणा दिनु र व्यवस्थापनमा मद्दत गर्नु


रक्तदाताहरुको हेरचाह र अनुभवको लागी सुरक्षा प्रोटोकलको अनुपालन गर्नु


अनावश्यक डर र हल्ला नफैलाइकन रगत उपलब्धतामा वास्तविक जानकारी दिई बिरामीलाई रगत प्रबन्धनका प्रयासहरू गर्नु


अनलाइन/अफलाइन अभियानहरूद्वारा स्वस्थ व्यक्तिहरूलाई रक्तदान गर्न प्रेरित गर्नु

कोभिड- १९ अनुदान

अनुदानको विवरणमापदण्ड

- स्वयंसेवक संगठनहरुका कार्यक्रमहरूको आवश्यकताको आधारमा रकम रु २५,०००/- देखी रु ५०,०००/- सम्मको अनुदान प्रदान गरिने छ। ५ संगठनहरुलाई अनुदान प्रदान गरिने छ।
- अनुदानको अवधि २ महिनाको हुनेछ। अनुदान २ चरणमा प्रदान गरिने छ। पहिलो चरणमा अनुदान रकमको आधा पहिलो महिना र अन्य आधा दोस्रो महिनामा वितरित हुनेछ।
- अनुदान आवेदन अनलाइन मार्फत गरिनेछ।
- अनुदान प्राप्त गरेका संगठनहरूका पोइन्ट व्यक्तिहरूले दुई महिना अवधिको भित्र उनीहरूको रक्त सन्कलन / व्यवस्थापन र प्रेरणा मूल्यक अभियान संख्या सहित साप्ताहिक अपडेट पेश गर्न आवश्यक छ।
- अनुदानकर्ताहरूले सञ्चालन गर्ने सबै रगत संकलन कार्यक्रमहरुमा सुरक्षा प्रोटोकल लागू गर्न आवश्यक छ।
- अनुदान प्राप्त गरेका महानुभावहरुले हरेक हप्ता कम्तिमा २ दाता / बिरामीका कथाहरू र फोटोसहित सहयोगको विवरण बुझाउनुपर्नेछ।
- अनुदान प्राप्त संगठनहरूले आफ्नो समूहको व्यक्तिगत सुरक्षाको लागि जिम्मेवार हुनेछन्।
- नेपालका संगठन / स्वयंसेवी समूहहरुको लागी मात्र अनुदान योग्य हुनेछ।
- आवेदनहरूको लागि अन्तिम मिति १० जून २०२० सम्म हुनेछ।
- अनुदान प्राप्त संगठनहरूको नामावली विश्व रक्तदाता दिवस १४ जुन २०२० को दिन हाम्रो लाइफ बैंकको वेबसाईटमा प्रकाशित गरिनेछ।