कन्भलेसेन्ट प्लाज्मा भनेको के हो?

कन्भलेसेन्ट प्लाज्मा भनेको के हो? जब एक व्यक्ति COVID-19 जस्तो भाइरसबाट संक्रमित हुन्छ, उनिहरूको प्रतिरक्षा प्रणालीले भाइरससँग लड्न एन्टिबडीहरू सिर्जना गर्दछ। यी एन्टिबडीहरू रगतको तरल भागमा पाइन्छ, जसलाई प्लाज्मा भनिन्छ र यी संक्रमणसङ्ग लड्ने एन्टिबडीहरू भएको प्लाज्मालाई "कन्भलेसेन्ट प्लाज्मा" भनिन्छ। रक्तदान प्रक्रियाको माध्यमबाट, यो एन्टिबडी युक्त प्लाज्मा भाइरस लागेर निको भएका व्यक्तिबाट संकलन गर्न सकिन्छ, र अझै भाइरससँग लड्दै गरेको बिरामीलाई चढाइन्छ। यसले बिरामीको प्रतिरक्षा प्रणालीलाई मद्दत पुर्याइ छिटो स्वास्थ्यलाभ गराउन मद्दत गर्न सक्ने सम्भावना छ।

सीसीपी (Covid Convalescent Plasma) एक अनुसन्धान उपचार मानिन्छ किनभने यसको क्लिनिकल अध्ययन अझै पूरा भएको छैन। हालसालै, २००९ मा H1N1 इन्फ्लूएन्जा महामारीको बेला र २०१३ मा पश्चिम अफ्रिकामा इबोला प्रकोपको बेला सीसीपी प्रयोग भएको थियो। प्लाज्मा थेरापी H1N1 इन्फ्लुएन्जामा प्रभावकारी पाइएको थियो भने इबोलामा त्यति प्रभावकारी पाइएको थिएन। डाक्टरहरू र अन्वेषकहरू हाल COVID-19 बिरामीहरूको उपचारमा COVID प्लाज्मा कत्तिको प्रभावकारी हुनेछ भन्ने निर्धारण गर्न अध्ययन गरिरहेका छन्। अरू अतिरिक्त उपचारहरू विकसित हुँदै गर्दा, सीसीपीलाई केही मध्यम वा गम्भीर बिरामीहरूलाई मद्दत का लागी एक विकल्प हुन सक्ने सम्भावना छ।

ग्रान्डे अस्पतालबाट डा. बिपिन नेपाल, रक्त संचार विशेषज्ञबाट प्लाज्मा थेरापी र नेपालको तयारीको बारेमा सुन्नुहोस्।
सौजन्य: ईमेज च्यानल

के म दान गर्न योग्य छु?

यदि तपाईं COVID-19बाट सङ्क्रमित हुनु भएको थियो र तपाईं प्लाज्मा दान गर्न चाहानुहुन्छ भने, तपाईं योग्य हुन पूर्ण रूपमा कम्तिमा १४ दिनको लागि लक्षणमुक्त हुनुपर्दछ।
प्लाज्मा दान गर्न, रक्तदानको दिन तपाईं स्वस्थ हुनुपर्छ र नियमित रक्तदान मापदण्ड पार गर्नुपर्दछ, रक्तदान गर्न तपाईं १८ बर्ष हुनुपर्दछ।

म COVID-19 सङ्क्रमित होइन, मद्दतका लागि म के गर्न सक्छु?

तपाईं पनि रक्तदान गर्न सक्नुहुन्छ! एउटा रक्तदानले तीन जनाको ज्यान बचाउन सक्छ। रगत बिभिन्न बिरामीहरूको उपचारका लागी आवश्यक पर्दछ। तपाईले नजिकै को ब्लड बैंक मा गइ रक्तदान गरेर रगतको आवश्यकता सुनिश्चित गर्न मद्दत पुर्याउन सक्नुहुन्छ । नेपालमा प्रमुख रक्त बैंकहरूको सूची हेर्न यहाँ क्लिक गर्नुहोस्।

रगत चाहियो?

Fill in the form and send us your details.
Someone will get back to you asap. If it’s an emergency,
call us @ +977 9801230045 or msg us at Facebook