कन्भलेसेन्ट प्लाज्मा एन्टिबडीयुक्त प्लाज्मा हो जुन कुनैपनि भाइरसबाट निको भएको व्यक्तिमा पाइन्छ। अहिलेको यो COVID-19 को विषम् अवस्थामा यस कन्भलेसेन्ट प्लाज्मालाई उपचाररत COVID-19 सङ्क्रमित बिरामीहरूको लागि सम्भावित उपचारको रूपमा मूल्याङ्कन भइरहेको छ। यस उपचार विधिको प्रभावकारिता निर्धारण गर्न विश्वव्यापी रूपमा धेरै नैदानिक ​​परीक्षणहरू र अध्ययनहरू सञ्चालन भइरहेका छन्।
नेपालमा, नेपाल स्वास्थ्य अनुसन्धान परिषद (NHRC), र १५ वटा विभिन्न अस्पतालले COVID-19 बाट बचेकाहरूको कन्भलेसेन्ट प्लाज्मा COVID-19 का गम्भीर बिरामीहरूलाई रक्तक्षेपण गरी क्लिनिकल अध्ययन सुरु गरेको छ।
तसर्थ, यदि तपाईं प्रमाणित COVID-19 बाट पूर्ण रूपमा निको हुनुभयो भने, तपाईंको रक्तदानले यस रोगसँग संघर्ष गरिरहेका बिरामीहरूको ज्यान बचाउन सहयोग पुर्‍याउन सक्छ। यो विशेष प्लाज्मा केवल कोरोना भाइरसबाट मुक्ति प्राप्त भएका व्यक्तिले मात्र दिन सक्छन् |

Plasma Introduction

01

blood donation eligibility criteria

तपाईंले सबै सामान्य रक्तदान योग्यता मापदण्डहरू पूरा गर्नुपर्दछ << थप विवरणका लागि यो लिंक क्लिक गर्नुहोस्

02

unmarried girl

रक्तक्षेपण बाट फोक्सो मा हुन सक्ने क्षति (Acute lung injury) लाई रोक्न का लागि नुलिपरस (Nulliparous) महिलाहरुले मात्र प्लाज्मा दान गर्न सक्छन् (नुलिपरस एक मेडिकल शब्द हो । कुनै पनि कारणले कहिल्यै बच्चालाई‌ जन्म नदिएका महिलालाई नुलिपरस भनिन्छ)।

03

covid-19 test result

तपाईंसँग तल सूचीकृत गरिएका COVID-19 परीक्षण परिणामको प्रमाणहरू हुनुपर्दछ।
क. बिरामी भएको समयमा पीसीआर विधि मार्फत गरिएको एक पोजिटीभ डाईग्नोस्टिक परीक्षण रिपोर्ट (उदाहरण: नासोफरेन्जियल स्वाव)।
ख . प्लाज्मादानको कम्तिमा १४ दिन अघि शरिरमा संक्रमित भाईरस नहुनुको आस्वासन दिने पीसीआर मार्फत एक नेगेटीभ प्रमाण देखिएको डाईग्नोस्टिक परीक्षण रिपोर्ट|

प्लाज्मादान गर्न साइन अप गर्नुहोस्

कन्भलेसेन्ट प्लाज्मा दान गर्नका लागी तपाइँको सहमति र यस क्लिनिकल परीक्षणमा तपाईको सहभागिताको लागी हार्दिक धन्यवाद। अहिले COVID का कुनै प्रमाणित उपचार नभएको समयमा, सम्भवत तपाईं जस्तो COVID-19 निको भएका व्यक्तिहरू बाट सङ्कलन गरिएको प्लाज्मामा भाइरसको विरूद्ध एन्टिबडी हुने भएकाले COVID का गम्भीर बिरामीहरूलाई मद्दत हुन सक्छ।

यदि तपाईं प्लाज्मा दान गर्न योग्यताको मापदण्ड पूरा गर्नुहुन्छ भने कृपया तलको फारम बुझाउनुहोस्। तपाईंको प्रारम्भिक योग्यता पुष्टि भएपछि, तपाईंको नजिकैको तोकिएको ब्लड बैंकमा प्लाज्मा दान गर्नका लागी तपाईलाई सम्पर्क गरिनेछ।

रगत चाहियो?

Fill in the form and send us your details.
Someone will get back to you asap. If it’s an emergency,
call us @ +977 9801230045 or msg us at Facebook